ललितपुर महानगरपालिका धापाखेलमा लगातारको अविरल वर्षाका कारण जमिन भासिँदा साढे दुई तले पक्की घर खोलामा खसेको छ ।
घर भासिदा कुनै मानवीय क्षति भने भएको छैन् ।
स्थानीय सोबी कुमार थापाको साढे दुई तले पक्की घर पहिरोका कारण जोखिममा परेको थियो । असोज ११ गते दिउँसो बजे घरको भुइँतलासँगै जोडिएको भान्सा कोठा करिब २० मिटर तल खसेको थियो ।
भान्सा भत्किए लगत्तै मुख्य घरसमेत जोखिममा परेपछि प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) को कमाण्डमा ४ जनाको टोली तत्काल घटनास्थल पुगेर घरमा रहेका परिवारका ३ जना सदस्यलाई तत्कालै सुरक्षित स्थानमा रहेको आफन्तको घरमा स्थानान्तरण गरिएको थियो ।
आज बिहान सो घर पूर्ण रूपमा भासिएर तल रहेको खोलामा खसेको छ । घर खोलामा खसेपछि खोलाको पानी थुनिन पुगेको प्रहरीले जनाएको छ ।
हाल प्रहरी टोली घटनास्थलमा खटिएर थुनिएको खोलाको निकास खुलाउन प्रयास जारी राखेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’