बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबीचको सवारी आवागमन बन्द
सक्रिय न्युज · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
गण्डकी, असोज १२ :

कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको छ ।

बाढीले पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुलमा झन्डै १०० मिटर सडक बगाएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुलमा क्षति पुग्दा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिए ।

नयाँपुलमा सडकको पूरै भाग कटान गरेकाले अस्थायी रूपमा मार्ग खोल्न केही दिन लाग्ने जनाइएको छ । मालढुङ्गाको पुलमा पर्वतपट्टिको भाग भत्केको छ । जीर्णोद्धार नगरेसम्म उक्त पुलबाट सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रहरी नायब निरीक्षक भट्टराईले बताए ।

कास्की लगायत जिल्लाबाट उक्त सडकखण्ड हुँदै बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका साना सवारीसाधन छमर्कैबाट पाङ हुँदै वैकल्पिक सडक प्रयोग बाध्य भएका छन् ।

ठूला सवारीसाधन भने बीचमा रोकिएका छन् । मध्यपहाडी लोकमार्ग भएर बागलुङ हुँदै पूर्वीरूकुम, पश्चिमरूकुमलगायत जिल्ला जाने लामो दूरीका सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् । बिरामी एवं अत्यावश्यक कामका लागि हिँड्ने यात्रुलाई सास्ती थपिएको छ ।

मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गर्दा यातायात सेवा ठप्प बनेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । “फर्से र लस्तीमा गरी दुईतीन ठाउँमा बाढीले सडक कटान गरेको छ”, उनले भने, “केही दिन यस क्षेत्रको यातायात सेवा प्रभावित हुने देखिएको छ ।”

उनका अनुसार जलजला–८ फर्सेको पुरानो बजार बाढीले बगाएको छ ।  बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा रहेका गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिए । बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार