मनाङ, असोज ११ :
मनाङको हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।
नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा बेपत्ता भएका १० जनामध्ये २ जनाको शव फेला परेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । २ जनाको शव हेलिकप्टरबाट चामे ल्याइएको छ तर, उनीहरूको पहिचान भने खुल्न सकेको छैन ।
राति अबेर भएकाले बाँकीको खोजी तथा उद्धार कार्य भोलि हुने सिडिओ खनालले बताए । उक्त घटनामा १४ जना सम्पर्कविहीन भएको जनाइएको छ ।
उद्धारका लागि एनएनएमजीएले ८ जनाको खोज तथा उद्धार टोली परिचालन गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी