बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार प्रदेश

कमजोर बन्दै न्यून चापीय प्रणाली, ठूलो जोखिम ट‍र्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ असोज, २०८३ मा प्रकाशित
कमजोर बन्दै न्यून चापीय प्रणाली, ठूलो जोखिम ट‍र्‍यो
सुदूरपश्चिम, असोज ११ :

सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । 

अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ ।

यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो जोखिम भने टर्दै गएको छ । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकमार साहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएकाले धेरै जोखिम नरहे पनि सतर्क रहनुपर्ने अवस्था भने कायमै रहेको बताए ।

आज दिउँसो तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा मात्र हुने पूर्वानुमान रहेको उनले जानकारी दिए । आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ ।

आज रातिदेखि यहाँका हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।आगामी बुधबार भने यहाँका सबैजसो स्थानमा मौसम आंशिक बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने राति तराई क्षेत्रमा मुख्यतया सफा रहने पूर्वानुमान  छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार