बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार प्रदेश बागमती प्रदेश

त्रिशूली ३-ए को सुरुङबाट उद्धार गरिएका महर्जन अस्पतालबाट डिस्चार्ज

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ असोज, २०८३ मा प्रकाशित
त्रिशूली ३-ए को सुरुङबाट उद्धार गरिएका महर्जन अस्पतालबाट डिस्चार्ज
काठमाडौं, असोज ९ :

माथिल्लो त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।सैनिक  अस्पतालबाट  निवास फर्कने क्रममा स्थानीयले महर्जनलाई फूलमालाले स्वागत गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढी सुरुङभित्रै फसेका  मेकानिकल सुपरभाइजर कविर महर्जनको १० दिनपछि उद्धार गरिएको थियो ।  महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जीवितै उद्धार गरेको थियो।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ताहरू र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति महर्जनले आभार व्यक्त गरेका छन् । महर्जनको परिवारमा खुसियाली छाएको छ । छरछिमेकी,इष्टमित्र उनलाई भेट्न निवासमा आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार