बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार प्रदेश बागमती प्रदेश अर्थतन्त्र

कुलेखानीको जलाशय भरिनै लाग्यो : जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ असोज, २०८३ मा प्रकाशित
कुलेखानीको जलाशय भरिनै लाग्यो : जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन
हेटौंडा, असोज ९ :

मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ ।
    
मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको प्रक्षेपणका साथै पानी पर्ने क्रम लगातार भइरहेका अवस्थामा जल सतह बढ्ने र यसका कारण हुनसक्ने जोखिमसमेतलाई दृष्टिगत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिए ।
    
हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए । प्रमुख राउतका अनुसार कूल १०६ मेगावाट क्षमताको कुलेखानी आयोजनाको पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

जल सतह एक हजार ५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनीस्वरुप साइरन बज्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार