बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार प्रदेश बागमती प्रदेश

पृथ्वी राजमार्गमा पहिरो : काठमाडौंसँगको आवतजावत ठप्प, नागढुंगामा सवारीसाधनको लाइन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ असोज, २०८३ मा प्रकाशित
पृथ्वी राजमार्गमा पहिरो :  काठमाडौंसँगको आवतजावत ठप्प, नागढुंगामा सवारीसाधनको लाइन
काठमाडौै, असोज ९ :

अविरल वर्षाले पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा काठमाडौंसँगको आवतजावत ठप्प भएको छ । पहिरोले पृथ्वी राजमार्ग,  बीपी राजमार्ग लगायतका मुख्य राजमार्गमा अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

उपत्यकाबाट बाहिरिने सवारी साधन बल्खु, कलंकी, नागढुंगालगायतका क्षेत्रमा रोकिएका छन् भने उपत्यकाभित्रिने सवारीसाधन कृष्णभिरभन्दा परै रोकिएका छन् । राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ ।

सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै हिजो राति ८ बजेदेखि आज बिहान ५ बजेसम्म सवारीसाधन पूर्णरुपमा निषेध गरिएको थियो । तोकिएको समयपछि गन्तव्यतर्फ लाग्न ठिक्क परेका सवारीसाधन पहिरोको मारमा परेका हुन् । पहिरोका कारण तत्काल पृथ्वी राजमार्गमा गाडी चल्न सक्ने अवस्था छैन , जसले गर्दा यात्रुहरुको बिचल्लीमा परेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार