बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

आइतबारबाट बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ असोज, २०८३ मा प्रकाशित
आइतबारबाट बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने
काठमाडौं, असोज ९ :

लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो । 

वर्षाका कारण काठमाडौंको अधिकांश खोलामा जलस्तर बढेको छ भने करिडोर सडकमा विशेष सतर्कता अपनाइएको छ । सुरक्षाकर्मीले सजकता अपनाउन गाडीबाट माइकिङ गर्दै हिँडिरहेको छ ।

त्यस्तै देशका अधिकांश नदिहरुमा समेत जलस्तर बढेको छ भने पहिरोका कारण देशका बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । शनिबार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर पश्चिमतिर सर्ने देखिएको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यसैगरि आइतबार बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने तर बागमतीदेखि पश्चिममा वर्षा जारी रहने सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार