बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार प्रदेश बागमती प्रदेश

कृष्णभिर सडक : नयाँ ट्र्याक खोलिएको नदीतर्फको ग्याबिन केही तल झर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ असोज, २०८३ मा प्रकाशित
कृष्णभिर सडक : नयाँ ट्र्याक खोलिएको नदीतर्फको ग्याबिन केही तल झर्‍यो
धादिङ, असोज ९ :

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ । 

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन । लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर यातायात सञ्चालनमा रोक लगाएको उनले बताए ।

उनले भने, “नयाँ ट्र्याक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ । हामीले प्लास्टिक ओडाएको स्थानमा बढी समस्या छैन । तर तल एउटा ग्याबिन झरेको छ ।” प्रमुख अधिकारीका अनुसार सडकको साइटतर्फको ग्याबिनबीचको भाग केही खसेको भए पनि हालसम्म सडकमा ठूलो क्षति भएको छैन ।

कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको प्रमुख अधिकारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार