बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा वर्षा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ असोज, २०८३ मा प्रकाशित
न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा वर्षा
फाइल तस्बिर ।
काठमाडौं, असोज ८ :

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । 

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो । लुम्बिनीदेखि पूर्वका भूभागहरूमा वर्षा केन्द्रित रहने तथा कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा क्रमश कम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार गण्डकीदेखि पूर्वका हिमाली भूभागमा भारी हिमपात तथा कर्णालीदेखि पूर्वका भूभागमा बढी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बताए । शनिबार वर्षा पश्चिमतिर सर्ने देखिएको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने उनले जवानकारी दिए।

त्यसैगरि आइतबार बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने तर बागमतीदेखि पश्चिममा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद् ढकालले बताए। निरन्तरको वर्षाका कारण पहाडी भूभागमा पहिरो जाने, नदीतटीय तथा सहरी क्षेत्रमा डुबान हुने र खोलानालाहरूमा पानीको बहाव बढ्ने जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको बिभागले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार