बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार प्रदेश लुम्बिनी प्रदेश

गुडिरहेको ट्रकमाथि पहिरो खस्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ असोज, २०८३ मा प्रकाशित
गुडिरहेको ट्रकमाथि पहिरो खस्यो
पाल्पा, असोज ८ :

गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१ चिदीपानी आर्यभञ्ज्याङ–रामपुरखण्डमा यातायात प्रभावित भएको छ ।सोही राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा निरन्तर पहिरो झरिरहेको छ ।

प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ । पहिरोले ट्रकमा सामन्य क्षति भएको छ। पहिरो पन्छाउन दुई वटा डोजर परिचालन भएका छन् । लगातारको वर्षाले पाल्पाका केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । तिनाउलगायत जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ । भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन स्थाननीय प्रशासनले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार