बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

राष्ट्रपति ट्रम्प आफै विमानस्थल पुगेर चीनका राष्ट्रपति सीलाई स्वागत गरे

रातो कार्पेट र सैन्य विमानको फ्लाइओभरसहित स्वागत
सक्रिय न्युज · बिहीबार, ८ असोज, २०८३ मा प्रकाशित
राष्ट्रपति ट्रम्प आफै विमानस्थल पुगेर चीनका राष्ट्रपति सीलाई स्वागत गरे
काठमाडौं, असोज ८ :

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङको ऐतिहासिक तीनदिने अमेरिकी भ्रमणको क्रममा विमानस्थलमै पुगेर राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेका छन् । उनले रातो कार्पेट र सैन्य विमानको फ्लाइओभरसहित स्वागत गरेका हुन्।

छोटो तर भव्य स्वागत समारोहका क्रममा हात मिलाएपछि ट्रम्प र सी संयुक्त बेस एन्ड्र्युजबाट वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका छन् । यसैबीच अमेरिकी वाणिज्यमन्त्री स्कट बेसन्टले अमेरिका र चीनबीचको व्यापार युद्धविराम जनवरीसम्म लम्ब्याउने घोषणा गरेका छन्। यो युद्धविराम नोभेम्बरमा समाप्त हुने तय थियो।

यसले ट्रम्पले यो भ्रमणलाई दिएको महत्त्व देखाउँछ ।  यस साता ट्रम्प र सीबीच व्यापार शुल्क, कृत्रिम बुद्धिमत्ता , इरान युद्ध र ताइवान लगायतका प्रमुख विषयमा छलफल हुन सक्नेछ। 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार