आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

भोटेकोशी बाढीपीडितका लागि डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ असोज, २०८३ मा प्रकाशित
भोटेकोशी बाढीपीडितका लागि डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
काठमाडौं, असोज ७ :

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि  एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

राष्ट्रिय प्रतिनिधि डा गुरुङले बाढीबाट प्रभावितहरु अझै पनि सम्पर्कविहीन रहेका र सडक तथा सञ्चार सम्पर्कमा अत्यधिक क्षति पुगेको अवस्थामा कोषले ती समुदायमा पहुँच पुनःस्थापित गर्न र उनीहरूलाई पुनःजोड्न सरकारका तत्कालीन प्रयासलाई सहयोग गर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार