आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
समाचार

न्यूनतम पारिश्रमिक पाउनका लागि सडक आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाउन सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ असोज, २०८३ मा प्रकाशित
न्यूनतम पारिश्रमिक पाउनका लागि सडक आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं, असोज ७ :

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले बुधबार सिंहदरबारमा आयोजना गरेको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकार पुरस्कार वितरण समारोहमा मन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकारको हकहितको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै पत्रकारिता क्षेत्रलाई पनि मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड दिएका हुन् ।

 उनले श्रमजीवी पत्रकारहरूले आफ्नो न्यूनतम पारिश्रमिक पाउनका लागि सडकमा आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । पत्रकारितामा जोखिम मोलेर रिपोर्टिङ गर्ने कार्य प्रशंसनीय भए पनि पत्रकारहरूले आफ्नो जीवनलाई नै खतरामा राखेर काम गर्न नहुने र ‘सुरक्षा पहिलो’ को मान्यता अपनाउनुपर्ने उनले बताए । उनले सार्वजनिक प्रसारण संस्थाहरूको सुधारका लागि निर्मम भएर विगतका कमजोरी सच्याउनुपर्ने उल्लेख गरे । 

कार्यक्रममा  यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रामचन्द्र अर्याल, दिवाकर पोखरेल, शिव शिलवाल लगाएत पाँच जना पत्रकारहरुलाई प्रदान गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार