शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग

चालकले दबाब दिए मर्न तयार छु भन्दा पनि प्रहरीले संवेदनशीलता देखाएन : युवराज दुलाल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ असोज, २०८३ मा प्रकाशित
त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग
काठमाडौं, असोज ६ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिनको माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद दुलालले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।  

ट्राफिक प्रहरीसंगको विवादमा चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा पनि प्रहरीले संवेदनशीलता नदेखाएको, विवेक गुमाएको र युवकलाई मृत्युको मुखमा पुग्नबाट जोगाउन नसकेको उनले बताए । उनले ट्राफिक प्रहरी, नेपाल प्रहरी र नेपाल सरकार कसको हो तथा प्रहरी कसको निर्देशनमा चलेको छ भन्दै गृहमन्त्रीको जवाफ माग गरे।

यो घटना केवल एक चालकको आवेग मात्र नभई राज्यको प्रणालीप्रति नागरिकको चरम निराशा, बेरोजगारी र अस्थिर रोजगारीमा रहेका लाखौँ युवाको पीडाको अभिव्यक्ति भएको उनले बताए ।

सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने हालको झन्झटिलो व्यवस्था सच्याउनुपर्ने बताए । ट्राफिक प्रहरी र नियमनकारी निकायहरू मर्यादित, अनुशासित हुनुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार