बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै

सक्रिय न्युज · मंगलबार, ६ असोज, २०८३ मा प्रकाशित
काठमाडौं, असोज ६ :

आजदेखि सुरु हुने ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।

यही असोज १२ गतेसम्म बैङ्ककमा हुने उक्त प्रतियोगितामा नेपालकातर्फबाट जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार नै बिदाइ गरेका थिए ।

उक्त प्रतियोगिताका लागि टोली प्रमुखमा राजेशबाबु श्रेष्ठ, अफिसियलमा विजयलाल कायश्थ र दिनेशकुमार राजभण्डारी तथा प्रशिक्षकमा रुजेश शाही, टिम व्यवस्थापकमा राजेशबहादुर श्रेष्ठ र निर्णायकमा प्रतापकाजी बरिया सहभागी हुनेछन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार