नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा रहेको छ ।
स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा छ ।
सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ २ पैसा कायम छ ।८
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा छ ।
आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’