काठमाडौं, असोज ५ :

काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१२, टेकुस्थित एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ठुलो क्षति भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।

आगो काठमाडौं,ललितपुर,नेपाली सेना, नेपाल प्रहरीको दमकल र स्थानीयको सहयोगमा केहीबेर अघि नियन्त्रणमा लिइएको छ ।आगलागीको कारण र क्षतिको विवरण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।