काठमाडौं, असोज ५ :
जापानको नायोगामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पराजित भएका छन् ।
जापानको निशियो जिम्न्यासियममा आज सम्पन्न पुरुष ७० केजी तौल समूहको पहिलो चरणमा इराकका अलि कासिम हामदानअल–सारेसँग दानबाहदुरले ५–० अङ्कले पराजित भएका हुन् ।
उहाँसँगै नेपालबाट बक्सिङमा सात खेलाडीले भाग लिएका हुन् । चन्द्रबहादुर थापा, खगेन्द्र रोक्का मगर, रबिन नेपाल, रमिसा श्रेष्ठ, अस्मिता तामाङ र कुसुम तामाङले अझै खेल खेल्न बाँकी छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’