बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाएका २८१ शव गोकर्णेश्वरमा जमिनमुनि व्यवस्थापन

पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ असोज, २०८३ मा प्रकाशित
भोटेकोशी बाढीमा ज्यान गुमाएका २८१ शव गोकर्णेश्वरमा जमिनमुनि व्यवस्थापन
काठमाडौं, असोज ४ :

रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो । उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेपछि सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो ।

प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमूना सङ्कलन गरी शवलाई सुरक्षितरुपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए ।

शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ ।

बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको हो । पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार