बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार प्रदेश कर्णाली प्रदेश

भोटेकोशी बाढी : कुशको शव बनाएर जुम्लाका १० जनाको सामुहिक अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ असोज, २०८३ मा प्रकाशित
भोटेकोशी बाढी : कुशको शव बनाएर जुम्लाका १० जनाको सामुहिक अन्त्येष्टि
फाइल तस्वीर ।
जुम्ला, असोज ४ :

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका-५ का १० जनाको कुशको शव बनाएर सामुहिक रूपमा अन्त्येष्टि गरिएको छ । पातारासी नदीको किनारमा १० जनाको सामुहिक दाहसंस्कार गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा लामो समयदेखि काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएका उपाध्यक्ष रोकायाले उल्लेख गरे । उनका अनुसार पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् ।

पातारासी गाउँपालिका-५ स्थित माथिलोर्पा गाउँका १० जनाको शनिबार दाहसंस्कार गरिएको छ । तलीलोर्पा गाउँका दुई जनाको आज दाहसंस्कार गरिएको उक्त वडाका स्थानीय अगुवा भक्त बुढाले बताए ।

भोटेकोशी बाढीले पुर्‍याएको क्षतिले पातारासीपूरै शोकमा डुबेको छ । बाढी आएको यतिका दिन भइसक्दा पनि आफन्तको कुनै खबर परिवारले नपाएपछि अन्ततः शवको प्रतिकका रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासी-५ का स्थानीय कृष्ण बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बेपत्ताको खोजी जारी रहेपनि लामो समयसम्म कुनै खबर नआउँदा परिवारजन निराश र पीडामा रहेका बताए । भोटेकोशी नदीमा गएको बाढीमा परी जुम्लाका ९३ सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेका उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार