ललितपुर, असोज ४ :
अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ ।
जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले आइतबार जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सीआईबीले गत शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेसहित केही कागजपत्र नियन्त्रणमा लिएको थियो ।एन्फामा अनियमितता भएको उजुरीको आधारमा सीआईबीले छापा मारेको हो । फिफाको निलम्बनपछि एन्फाको गतिविधि ठप्प जस्तै भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’