बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल #सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल
समाचार प्रदेश गण्डकी प्रदेश सूचना-प्रविधि

चिनियाँ पक्षबाट जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ असोज, २०८३ मा प्रकाशित
चिनियाँ पक्षबाट जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध
विदुर, असोज ४ :

भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम जारी छ ।

ग्रामीण विकासम्बन्धी चिनियाँ संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ ।

फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएको छ ।

बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य अवस्थामा फर्किने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण कार्य जारी रहेको छ । विशेषगरी बाढीबाट बढी प्रभावित र पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ ।

फाउन्डेसनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती प्रदान गरेको छ ।  यसैबीच, चीनको मौसम विज्ञान प्रशासनले जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार