ललितपुर, असोज २ :

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयमा छापा मारेको छ । सीआईबी प्रमुख उमाप्रसाद चतुर्वेदीले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेर अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको बताए ।

आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेकाले सीआईबीले अनुसन्धान गरेको हो। बिहीबारको पत्रकार सम्मेलन गरेर एन्फाले समस्या समाधानका लागि नेपाल सरकारले स्पष्ट निर्देशन दिनुपर्ने बताएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बन फुकुवाका लागि सरकारबाट पहल नभए दैनिक कार्यसञ्चालन गतिविधि अघि बढाउने चेतावनी दिइएको थियो । निलम्बनका कारण कनुै पनि घरेलु फुटबल प्रतियोगिता सञ्चालन गर्न सकिएको छैन । एन्फामा भएको राजनीतिको प्रत्यक्ष मार फुटबलमा परेको छ ।