बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

‘बाढीपीडितको उद्धार र राहतको कार्य सकेपछि मात्रै दीर्घकालीन पुन:स्थापनामा लाग्नुपर्छ’

तथ्य र प्रमाणका आधारमा जलवायु मुद्दालाई केन्द्रविन्दुमा राख्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ असोज, २०८३ मा प्रकाशित
‘बाढीपीडितको उद्धार र राहतको कार्य सकेपछि मात्रै दीर्घकालीन पुन:स्थापनामा लाग्नुपर्छ’
फाइल तस्बिर ।
ललितपुर, असोज २ :

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन् ।

शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनस्र्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए । 

उनले  विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको तर्फबाट ‘विनासर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारे । संसद् र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि यसबारे निरन्तर आवाज उठाएको उनले बताए । सभापति थापाले जलवायु परिवर्तनलाई केवल वन तथा वातावरण मन्त्रालयको जिम्मा लगाएर राष्ट्रिय सुरक्षा र कूटनीतिलाई अलग-अलग कोठामा राखेर छलफल गर्ने सुविधा अब नेपालसँग नरहेको धारणा राखे ।

उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको छलफल गर्दा तथ्य र प्रमाणका आधारमा जलवायु मुद्दालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए । केही महिनापछि विपद्को विषय सबैले बिर्सिएको बेला संसद्मा उभिएर सरकारलाई सम्झाउने र खबरदारी गर्ने काम प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर गर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार