
आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। विभागले भदौमा दुई जनालाई १०/१० लाख रुपैयाँका दरले बम्पर उपहार र ३१ जनालाई जनही १ लाख रुपैयाँका दरले नगद उपहार प्रदान गर्ने भएको हो।
विभागले सामान्य अवस्थामा हरेक १५/१५ दिनमा करदाता प्रोत्साहन उपहार घोषणा गर्दै आएको थियो। तर भदौमा आएको बाढीका कारण यसपटक मासिक रूपमा उपहार घोषणा गरिएको विभागले जनाएको छ।
विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई पनि १० लाख रुपैयाँको बम्पर उपहार परेको छ।
त्यसैगरी, अन्य ३१ जना ग्राहकले दैनिक १ लाख रुपैयाँका दरले वितरण हुने नगद उपहार प्राप्त गर्ने विभागले जनाएको छ।विभागले कर प्रणालीमा सहभागिता बढाउने र ग्राहकलाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
१० लाख रूपैयाँ पुरस्कारका लागि ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ दुई वटा बिजक नम्बर छनोट भएका छन्। यसैगरी एक लाख ३३ हजारको लागि ३१ जना छानिएका छन् । उनीहरुको बिजक नम्बर यसप्रकार छन् :
०३२ ४५४ २६९ २७५, ०३८ ३२८ ०९१ ४४४, ०३७ ५७८ ६२६ ७४०,०३३ १४४ १६५ ६६६,०३६ ८२५ ६१९ ९४४,०४४ ७४५ ४८९ ४८८,०४२ ६१८ ४७७ ६२०,०३९ ७०५ ९४२ ९५९,०३५ ९०७ ३३५ ९६०,०४६ ०९२ १८८ ९६२,०३४ ६३६ ८८५ ८९७,०४० ००९ ४६२ ६३४,०४१ ३६५ ६६१ ५३०, ०४३ ७४६ ६३३ ०४२,०४५ ६७१ ४९९ ५२५,०४७ ७५१ ६२९ १२०,०५३ ७७७ ६३४ २२६,०५६ ४७१ ६८६ ००३, ०६० १०८ ६९५ ५०७,०५८ ५०३ ९७६ ७१९,०४९ ५२३ २१४ ६७४,०५४ ६०९ ००४ ४७७,०५७ ०५२ ८७४ ९४३,०५० १९४ ५४२ ४०६,०५२ २४८ ४४५ ०५८,०५१ ५८५ ६५४ ६३५, ०४८ ०९८ ५५७ ३७३,०५९ ८८२ २०८ १५७,०५५ ६१८ ८७७ १६७,०६१ ७०९ २०७ ४९९ र ०६२ ९१९ १९५ ४५६
करदाता पुरस्कार कार्यक्रमले उपभोक्तामा बिजक माग्ने प्रवृत्ति बढाउन सहयोग गरिरहेको निमित्त महानिर्देशक जनक पौडेलले बताए ।