बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

नेप्से परिसूचक घट्यो, कारोबार भने बढ्यो

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
नेप्से परिसूचक घट्यो, कारोबार भने बढ्यो
काठमाण्डौँ , कात्तिक ५ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ । 

विभिन्न कम्पनीका दुई करोड ८ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर ८ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा म्युचुअल फण्ड बाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फन्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । 

साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत,  गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआईसी एसिया ऋणपत्र २०८२- ८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार