काठमाडौं, असोज १ :
जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसिया विरुद्ध खेल्दैछ ।
नेपाल र इन्डोनेसिया बीचको खेल अपराह्न ४ देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा बुधबार आयोजक जापान विरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ ।
एफआइभीबी विश्व वरियताको कुरा गर्दा ताजा स्थितिमा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छ । एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो ।
नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हात पारेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’