बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

उत्तरी गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ८७ जनाको मृत्यु

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
उत्तरी गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ८७ जनाको मृत्यु
काठमाण्डौं, कात्तिक ५ :

उत्तरी गाजाको बेत लाहिया शहरमा  इजरायली आक्रमणमा परी कम्तीमा ८७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।

इजरायलले हताहतीको विवरण संकलन गरिरहेको र हमासका अधिकारीहरूले अतिरञ्जित तथ्याङ्कहरू सार्वजनिक गरेको आरोप लगाएको छ।

यसैबीच इजरायलले बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाहको निशानामा हवाई आक्रमण पुनः सुरु गरेको छ । हरेट ह्रिक र हदाथका बासिन्दालाई आज बिहानै त्यहाँबाट बाहिर निस्कन आदेश दिएको छ ।

उत्तरी इजरायलको सिजरियामा बेन्जामिन नेतन्याहूको घरतर्फ ड्रोन प्रहार गरिएपछि पछिल्लो आक्रमण भएको हो ।

इजरायली प्रधानमन्त्रीले यसलाई गम्भीर भूलको संज्ञा दिँदै इरान र उसका सहयोगीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

इरानले ड्रोन आक्रमणमा हिजबुल्लाहको हात रहेको बताएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार