बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार प्रदेश बागमती प्रदेश

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने
फाइल तस्बिर ।
काठमाडौं, भदौ ३१ :

कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा  सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्ममा सबै काम सकिने छ । आजै ग्राबेल र नालीको काम भइरहेको छ । उनले भने, “साँझसम्ममा हामी सबै काम सक्छौँ”, “स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ । यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ ।”

पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार बिहान ६ बजेदेखि पूर्णरुपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको कामलाई अन्तिम चरणमा पु¥याएको सूचनामा जनाइएको छ ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्ममा काम सम्पन्न भएमा रोकिएका गाडी आजै पार गराउने बताए । उनले भने, “साँझसम्मको प्रगतिको समीक्षा गरी रोकिएका सवारी पार गराउँछौं ।” बिहीबार बिहानदेखि दुईतर्फीनै सवारी सञ्चालन हुने उनले बताए ।

कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिने बताए । लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी जान आउन पाएका छैनन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार