काठमाडौं, भदौ ३१ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ८५ ले   बढेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको छ ।

मङ्गलबार  छापावाल सुन प्रतितोला रु तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० कायम थियो ।