
काठमाडौं, भदौ २९ :
प्रधानमन्त्री वालेन्द्र शाहले छलफलमा बोलाएका बाढीबाट प्रभावित पालिकाका जनप्रतिनिधिमध्ये एकजना पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ छलफल सकेर सिंहदरबारबाट निस्कने बित्तिकै सोमबार पक्राउ परेका हुन् । बैंकिङ कसुर मुद्दाको अनुसन्धान क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाङ नयाँबजारमा रहेको ओसिन ट्रान्सपोर्ट एडभेन्चर प्रालिका सञ्चालक पनि हुन् । भदौ १० को बाढीबाट प्रभावित पालिकाका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको छलफलमा तामाङ पनि सहभागी थिए । पक्राउ परेका तामाङका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।