पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४ बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ ।
अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो । अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलिरहेको हो । कर्णालीले प्लेअफमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिका लागि अन्नपूर्णसँगको भेट पक्का गरेको हो । कर्णाली लिग चरणमा तालिकाको दोस्रो स्थानमा छ । उसले पाँच खेलमध्ये चारमा खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो ।
लिग चरणमा कर्णालीले अन्नपूर्णविरुद्ध ३-१ सेटको जित निकालेको थियो । कर्णाली आज फाइनलमा पनि सोही जित दोहोर्याएर उपाधि जित्ने योजनामा छ । यता अन्नपूर्ण लिग चरणको हारको बदला लिएर च्याम्पियन बन्ने सोचमा छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको हो । केडिया ग्रुप आयोजक रहेको प्रतियोगिताको विजेता टोलीले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’