बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार प्रदेश मधेस प्रदेश

बालिका बलात्कारपछि ह*त्या प्रकरणका मुख्य प्रतिवादीलाई २० हजार धरौटीमा छाड्न आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ भदौ, २०८३ मा प्रकाशित
बालिका बलात्कारपछि ह*त्या प्रकरणका मुख्य प्रतिवादीलाई २० हजार धरौटीमा छाड्न आदेश
बारा, भदौ २६ :

बारा जिल्ला अदालतले ३ वर्षीय बालिकाको बलात्कारपछि ह*त्या गरेको घटनामा मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई  २० हजार धरौटीमा छाड्न र अन्य ९ जना प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नबिन विक, टेक बहादुर थापा मगर, शेष हसमुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

अदालतले प्रत्यक्ष प्रमाणको अभावको कारण देखाउँदै उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । प्रतिवादीहरुमाथि अभियोगदाबी पुष्टि नभएको र नेपाल सरकारको तर्फबाट पेस गरिएको अभियोगदाबी पुष्टि गर्ने पर्याप्त प्रमाण मिसिलमा सामेल नभएकाले थुनामा वा धरौटीमा राख्न आवश्यक नदेखिएको ठहर अदालतले गरेको हो ।

गृहमन्त्री सुधन गुरुङले पीडितका बुवाआमालाई सिंहदरबारमा झिकाएर तीन बुँदे सम्झौतासमेत गरेका थिए । घरबाट निस्केकी बालिका जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१, भक्तिनगर टोलस्थित वीरबहादुर रोक्काको खाली घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार