काठमाडौं, भदौ २४ :
खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेको छ । खाना पकाउने ग्यासको अभावका कारण दैनिक जीवनयापनमा समस्या भएको भन्दै सहज आपूर्ति हुनुपर्ने माग सहित उनीहरुले खाली सिलिण्डरसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले भोक र महंगीको तमासा बन्द गर, चुलो निभाएर समृद्धिको भाषण, लाज लाग्दैन सरकार, सहज रुपमा ग्यासको व्यवस्था गर लगाएतका प्लेकार्ड देखाउदै नारावाजी गरेका थिए । प्रदर्शन सहित सिंहदरबार दक्षिण गेटतर्फ जान लागेपछि प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा अखिल क्रान्तिकारी आवद्ध विद्यार्थीबीच धकेलाधकेल समेत भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’