बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने
फाइल तस्बिर ।
काठमाडौं, भदौ २२ :

प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज ६ गते न्यूयोर्क जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्यूयोर्क जान लागेका हुन्।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले महासभाका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन्।   विनाशकारी बाढी पछिको अवस्थामा सत्तापक्ष र प्रतिपक्ष सबैले राष्ट्रसंघको यो फोरमलाई नेपालले भरपुर सदुपयोग गर्नपर्ने आवाज उठेपछि प्रधानमन्त्री  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान अघि सरेका हुन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब १० जना रहने बताइएको छ। प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार