
धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्बी राजमार्गको कृष्णभिरमा भासिएको सडक पूर्ण रुपमा निर्माण हुन अझै केही समय लाग्ने भएको छ ।
त्रिशुली नदिमा आएको बाढीको कटानका कारण भाद्र १४ गते सडक भासिएपनि कृष्णभिरमा सडक अवरुद्ध भएको छ । उक्त स्थानको साईडवाट भित्ता काटेर सडक निर्माण गर्ने काम भई रहेको छ । काठमाडौं आउने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुबहाक यातायातका साथै अत्यावश्यक सामाग्रीको ढूवानी प्रभावित भएको छ ।
उक्त सडकखण्ड छिटो निर्माणको लागि सम्पुर्ण प्राविधिकहरू लागि परेको सडक बिभागका महानिर्देशक विजय जैसीले बताए। उनले जोखिम मोलेरै भए पनि भूगर्भविद् तथा इन्जिनियरहरूको परामर्शमा सडक खुलाउने काम भइरहेको जानकारी दिए। बाढी आउने सम्भावना अझै एक महिना रहने भएकाले पानी पसेर थप क्षति नहोस् भनेर सतर्कता अपनाइएको उनको भनाइ छ । महानिर्देशक जैसीले भविष्यमा यस समस्याको स्थायी समाधानका लागि सुरुङमार्ग बनाउने वा पारिपट्टि पुल हालेर सडक लैजाने दुईवटा विकल्पमा प्राविधिक तथा लागत अध्ययन भइरहेको जानकारी दिए ।
उक्त राजमार्गको करीब २ सय मिटर सडक त्रिशुली नदीले कटान गर्दा भासिएको थियो । उक्त सडक खण्डमा भित्ता काटेर सडक बनाउने काम भईरहेको छ । उक्त सडक निर्माणको लागि रहेका छन् । उक्त सडक अबरुद्ध हुँदा काठमाण्डौबाट अन्य जिल्ला जाने र अन्य जिल्लावाट काठमाण्डौ आउने सवारी साधनहरूले वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आएका छन् ।