बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

उत्तरी गाजामा इजरायली आक्रमणमा ३३ जनाको मृत्यु

· शनिबार, ४ कात्तिक, २०८१ मा प्रकाशित
उत्तरी गाजामा इजरायली आक्रमणमा ३३ जनाको मृत्यु
काठमाण्डौं, कात्तिक ४ :

उत्तरी गाजास्थित जबालिया शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।

इजरायलले कुनै टिप्पणी गरेको छैन।

इजरायली सेनाले हमासका लडाकुहरूलाई पुनः संगठित हुनबाट रोक्न प्रयास गरिरहेको भन्दै हालैका हप्ताहरूमा घना बस्ती भएको शिविरलाई घेराबन्दी गर्दै आएको छ।

हमासका नेता याह्या सिनवारको यसै साता भएको मृत्युले युद्ध अन्त्य हुने आशा जगाएको भएपनि  इरानका सर्वोच्च नेताले भने यो समूह 'जीवितै रहने' बताएका छन् ।

यसैबीच बेन्जामिन नेतन्याहुको कार्यालयले उत्तरी इजरायलको सिजरियामा रहेको इजरायली प्रधानमन्त्रीको घरतर्फ ड्रोन प्रक्षेपण गरिएको जनाएको छ।

लेबनानमा युद्ध जारी छ, जहाँ इजरायली सेनाले हिजबुल्लाहका करिब ६० लडाकूलाई मारेको र यसको क्षेत्रीय कमान्ड सेन्टर ध्वस्त पारेको बताएको छ।

हिजबुल्लाहले इजरायलको हाइफा शहर र त्यसको उत्तरमा रहेको क्षेत्रमा रकेट प्रहार गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार