धादिङ, भदौ १४ :
भोटेकोसीमा पानीको बहाब बढ्दा आइतबार त्रिशूली नदीले धादिङमा ४ घर बगाएको छ । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा त्रिशूली नदीमा आएको बाढीले चारवटा घर बगाएको छ भने , अन्य घर पनि जोखिममा परेको छ ।
धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार बाढीले नदी आसपासका क्षेत्र कटान गरेका कारण थप केही घरसमेत जोखिममा परेका छन्। भीषण बाढीले त्रिशूली नदी आसपासका बस्ती उच्च जोखिममा परेका छन्। भोटेकोसी बाढीले त्रिशूलीको जलसतह आज बिहान ३ मिटर बढेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’