शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

भोटेकोसीमा आज पुनः लेदोसहित पानीको बहाव बढ्यो

उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत सतर्क रहन आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसीमा आज पुनः लेदोसहित पानीको बहाव बढ्यो
काठमाडौं, भदौ १२ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको छ। ताल फुटेर आएको लेदोसहितको पानीको बहाव अहिले स्याफ्रुबेसी आइपुगेको प्रहरीले जनाएको छ ।

थप बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनारका बासिन्दा तथा उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई समेत सतर्क रहन आग्रह गरिएको हो।

विभिन्न कारणले हाल जोखिम क्षेत्रमै रहनुपरेका सबैलाई उच्च सतर्कता अपनाउन र कुनै पनि जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान प्राधिकरणले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार