बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

बाढीमा हराएकाको उद्धारका लागि आफूलाई सिधै सम्पर्क गर्न मुख्यमन्त्रीको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
बाढीमा हराएकाको उद्धारका लागि आफूलाई सिधै सम्पर्क गर्न मुख्यमन्त्रीको आग्रह
काठमाडौं, भदौ ११ :

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीका कारण सम्पर्कविहीन भएका प्रदेशका नागरिकबारे जानकारी गराउन आफन्त तथा पीडित परिवारलाई आफूलाई सिधै सम्पर्क गर्न आग्रह गरेका छन्।

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा नागरिक अलपत्र परेको तथा केही सम्पर्कविहीन रहेको जानकारी आएको भन्दै मुख्यमन्त्री थापामगरले उद्धारका लागि सम्बन्धित परिवारलाई आफूलाई प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका हुन्।

नुवाकोटको बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अवलोकनका क्रममा उनले बाढीका कारण अलपत्र परेका वा सम्पर्कमा नरहेका बागमती प्रदेशका नागरिकको विवरण उपलब्ध गराउन आग्रह गरे।

मुख्यमन्त्री थापामगरले सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार