बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

टप एन्ड टी–२० सिरिजः नेपाल ए हैदराबादसँग खेल्दै

सक्रिय न्युज · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
टप एन्ड टी–२० सिरिजः नेपाल ए हैदराबादसँग खेल्दै
काठमाडौं, भदौ ११ :

अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ । नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध चार विकेटको जित निकालेको थियो ।  

नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो ।

सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण छ । ताजा स्थितिमा नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । उता हैदराबादसँग पनि चार अङ्क नै छ । उसले पनि चार खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय व्यहोरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार