बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

भोटेकोसी बाढीमा अहिलेसम्म ७ जनाको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
काठमाडौं, भदौ १० :

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले नुवाकोट र धादिङमा गरी सात जनाको शव फेला परेको जनाएको छ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परेको हो। उनले बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा फेला परेका शव संकलनको काम भइरहेको जानकारी दिए।

रेग्मीका अनुसार बाढीबाट प्रभावित केही व्यक्ति घाइते भएका छन्। दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए।

बाढीका कारण मानिसहरू बेपत्ता भएको सूचनासमेत प्राप्त भइरहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको रेग्मीले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार