
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाउनुभएको छ । प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये आज प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।
संसदमा आइतबारको बैठकमा २ सय ६३ जना उपस्थित भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेमकिपाका १ जना सदस्य भने तटस्थ रह्यो ।