बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार भिडियो

नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ भदौ, २०८३ मा प्रकाशित
नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात
काठमाडौं, भदौ ९ :

काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। जुम्ला घर भएका २७ वर्षीय राज कठायतले ड्युटीमा खटिएका महिला तथा पुरुष ट्राफिक प्रहरीमाथि हातपात गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

सडकमा जथाभावी रूपमा बाटो काट्न खोजेपछि ट्राफिक प्रहरीले कठायतलाई आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गरेका थिए। ट्राफिक प्रहरीले सडक सचेतनाअन्तर्गत पैदलयात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न तथा आकाशे पुल प्रयोग गर्न आग्रह गर्दै आएको छ।

तर, प्रहरीको आग्रहपछि कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताए। घटनापछि प्रहरीले कठायतलाई पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार