नयाँ दिल्ली, कात्तिक ३ :
भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवनबाट तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पताल भर्ना गरिएको छ ।
राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
केही अनलाइन मिडिया रिपोर्टहरूले मृतकको सङ्ख्या ३६ पुगेको दाबी गरेका छन् ।
बिहारमा अप्रिल २०१६ देखि मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । तर अवैध रूपमा राज्यभर मदिरा बिक्री हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै