शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित #गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित
राजनीति प्रदेश बागमती प्रदेश

राज्य व्यवस्था समितिका सभापति ढकालद्वारा विकास आयोजनाको स्थलगत अनुगमन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
राज्य व्यवस्था समितिका सभापति ढकालद्वारा विकास आयोजनाको स्थलगत अनुगमन
फाइल तस्बिर ।
चितवन, भदौ ८ :

सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका छन् । उनले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका हुन् । ढकाल चितवन जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन् । 

सभापति ढकालसहित सङ्घीय कार्यालयअन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्ननगर नगरपालिकाका विभिन्न वडामा पुगेर गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाको प्रगति, गुणस्तर र कार्यान्वयन अवस्थाबारे सम्बन्धित अधिकारी, प्राविधिक तथा स्थानीयसँग जानकारी लिए ।

चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलको समेत स्थलगत अवलोकन गरी योजनालाई समयमै कार्यान्वयनमा लैजाने, गुणस्तरीय र परिणाममुखी बनाउने विषयमा सम्बन्धित निकाय तथा मन्त्रालयसँग आवश्यक समन्वय र पहल गरिने सभापति ढकालले बताए ।

स्थलगत अनुगमन टोलीमा जिल्लास्थित सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा नारायणी तटबन्धन कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागिता थियो ।

सभापति ढकालले भने, “सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा तटबन्धनलगायतका क्षेत्रमा भइरहेका र आगामी योजनालाई समयमै, गुणस्तरीय र परिणाममुखी रूपमा अघि बढाउने विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिरहेका छौँ ।”

यसैबीच, सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए ।

विकास निर्माणका आयोजना तथा कार्यक्रम तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न तथा जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर बजेटको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निरन्तर पहल गरिने उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार