बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

भारतका केएस भरतले काठमाडौँबाट एनपीएल खेल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
भारतका केएस भरतले काठमाडौँबाट एनपीएल खेल्ने
काठमाडौं, भदौ ७ :

नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ । काठमाडौँले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो ।

भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि सातवटा टेष्ट खेलेका छन् । उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेँगलुरुबाट इण्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । उनले प्रथम श्रेणी क्रिकेटमा छ हजारभन्दा बढी रन बनाएका छन् ।

भरतले यही वर्षको जुन महिनामा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ । ‘‘भारतका अन्तरराष्ट्रिय खेलाडी केएस भरतले आफ्नो देशका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् । विकेट पछाडि धैर्य र संयमका लागि परिचित भरतले टोलीमा अनुभव, विश्वासनीयता र सुरक्षित विकेट किपिङ ल्याउने छन्’’, काठमाडौँ गोर्खाजले उनलाई सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेको छ ।  एनपिएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार