काठमाडौं, भदौ ७ :
बारामा बलत्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । आइतबार कलैया उपमहानगरपालिका १४ बघवनस्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको छ।
सरकारसँगको सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्त्येष्टि गरेको हो। उनलाई बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए । बालिकाको अन्त्येष्टिमा स्थानीवासी, बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।
हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै काठमाडौंमा दैनिक प्रदर्शन भइरहेको छ । प्रहरीले बालिका हत्यामा संलग्नलाई तत्कालै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’