बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार प्रदेश मधेस प्रदेश

सप्तरीमा तीन वर्षीया बालिका मृत फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला
प्रतीकात्मक तस्वीर ।
सप्तरी, भदौ ७ :

सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।  शम्भुनाथ नगरपालिका वडा नम्बर-३ का स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। उनको घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।

यता बारामा दुई दिनअघि मात्रै ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यस्तै बारामै हिजो अपराह्नदेखि हराइरहेकी बालिका आज बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका –१ कटि पर्सा टोलबाट हराएकी बालिकालाई आज बिहान  सिस्वास्थित बाटोमा फेला पारिएको हो। बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूहमा प्रहरी टोली परिचालन गरेको थियो। बालिकालाई उनका बुबा मुकेशकुमार मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार